काठमाडौं, २९ चैत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएर वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेरे आरोप लगाएका छन् । बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै कांग्रेसको राजनीतिक पूर्वाग्रहपूर्ण रहेको बताए ।
उनले भने, ‘रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।
रवि लामिछानेको केस अलग र सहकारी समस्या समाधानको विषय अलग गरेर अघि बढ्यो भने समाधान निस्कन सक्ने उनको भनाई थियो । यस्तै उनले सदनको अवरोध खोल्ने काममा सरकारसँगै सभामुख पनि सचेत रहेकोले राजनीतिक समझदारीबाटै यसको समाधान खोजिने बताए ।