काठमाडौं, २९ चैत । सरकारले यस वर्षको बसन्तयामको करिब डेढ महिनामा हिमाल आरोहणबाट ३४ करोडभन्दा धेरै रोयल्टी संकलन गरेको छ । पर्यटन विभागले सार्वजनिक गरेको ०१ मार्च देखि १० अप्रिलसम्मको तथ्याङ्क अनुसार सरकारले यस वर्षको बसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिएको आरोहीबाट ३४ करोड ४३ लाख ९९ हजारभन्दा धेरै रोयल्टी संकलन गरेको छ । सो अवधिमा ५५ समूहका ५१२ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन्, जसमध्ये ३ सय ९६ पुरुष र १ सय १६ महिला छन् ।
यस वर्षको बसन्तयाममा सगरमाथाका हिमाल आरोहणका लागि सबैभन्दा धेरै अनुमति दिइएको छ । विभागका अनुसार सगरमाथाको लागि १८ समूहबाट २०९ जनाले अनुमति लिएका छन्, जसमध्ये १७० पुरुष र ३९ महिला रहेका छन् । सो अवधिमा सगरमाथा आरोहणका लागि अनुमति लिएकाबाट मात्रै २९ करोड ७५ लाखभन्दा धेरै रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
सगरमाथाको आरोहणका लागि अनुमति लिएका ४० देसमध्ये सबैभन्दा धेरै अमेरिकाको नागरिकले अनुमति लिएका छन्, जसमध्ये ३९ पुरष र ५ जना महिला रहेका छन् ।
हिमाल आरोहण्का लागि अमेरिका पछि दोस्रोमा सबैभन्दा धेरै चीनका नागरिकले अनुमति लिएका छन्, जसमध्ये १४ पुरष र ८ जना महिला रहेका छन् ।
त्यस्तै जापानबाट १८, रसियाबाट १६, बेलायतबाट १३, पोल्यान्डबाट ९, अस्ट्रेलियाबाट ८, क्यानडाबा ७ र ब्राजिलबाट ६ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।
यसैगरी यस वर्षको बसन्त यामको हिमाल आरोहणका लागि जारी रहेको अनुमति सगरमाथापछि अमा डब्लम हिमालका लागि दिइएको छ । सो अवधिमा विभागका अनुसार ६ समूहबाट ६६ जनाले अनुमति लिएका छन्, जसमध्ये ५२ पुरुष र १४ जना महिला रहेका छन् । यस हिमाल आरोहणका लािग अनुमति लिएकाबाट मात्रै ३५ लाख १२ हजारभन्दा बढी रोयल्टी संकलन गरिएको छ ।
यस्तै तेस्रोमा ल्होत्से हिमालका लागि ४९ पुरुष र ६ जना मलिा गरी ५५ जनाले अनुमति लिएका छन् । यस हिमालबाट मात्रै १ करोड ३१ लाखभन्दा धेरै रोयल्टी संकलन भएको छ ।
मकालू हिमालका लािग ४५, कञ्चनजंगा हिमालका लािग ३१, अन्नपूर्ण हिमालका लागि २५ र धौलागिरीको लागि १५ जनाले अनुमति लिएका छन् ।
कुन हिमालबाट कति भयो रोयल्टी संकलन ? कतिले लिए अनुमति ?