काठमाडौं, २९ चैत । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । उक्त योजना अन्र्तगत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैंया वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्यु.आर. भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि सो आकर्षक क्यासब्याक अफरको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागु हुनेछ भने तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्ने बताए । आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।