काठमाडौं, २९ चैत । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृतमा ल्याइएको उक्त मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने कोषले बताएको छ ।
साथै नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको कोषले जनाएको छ ।
साथै इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको कोषले बताएको छ । इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड प्रयोग गरेर मोबाइल एपमा लगइन गर्न सकिने व्यवस्था गरेको कोषले कोषले जनाएको छ ।