काठमाडौं, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधर पार्टीबाट निलम्बन भएका छन् । शुक्रबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।
अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।
पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।