काठमाडौं, ३० चैत । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन् ।
पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रिय सभा पेश गर्नुपरेको सांसद पन्तले बताइन् ।
यस्तै उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताईन् ।
उनले भनिन्, ‘नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेका छन् । अकालमा कयौं नागरिकहरुको ज्यान गइरहेको छ ।