काठमाडौं, २ बैसाख । मार्च महिनामा भारतको खुद्रा मुद्रास्फीति ४ दशमलव ८५ प्रतिशतमा झरेको छ । भारतको संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति फेब्रुअरीको तुलनामा घटेको बताइएको छ । मान्त्रालयका अनुसार फेब्रुअरीमा भारतको मुद्रास्फीति ५ दशमलव ०९ प्रतिशत थियो ।
यस्तै खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ० दशमलव १४ प्रतिशत विन्दुले घटेको छ । फेब्रुअरीमा खाद्य मुद्रास्फीति ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयले सबै राज्यलाई समेट्ने गरी १ हजार ११४ निश्चित सहरी बजार र १ हजार १८१ गाउँबाट मूल्य संकलन गरी विश्लेषण गरिएको बताएको छ ।