काठमाडौं, २ बैसाख । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुरु गरेको छ ।
यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्ने बैंकले जनाएको छ ।
उक्त अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । सो अभियानको अवधि वैशाख १ गतेदेखि वैशाख ३१ सम्म रहने बैंकले जनाएको छ ।