काठमाडौं, २ बैसाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् । साथै कैलाश चौधरीलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् ।
नाउपाकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।