काठमाडौं, ३ बैसाख । कुमारी बैंक लिमिटेडले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँका दरले जोकोही सर्वसाधारण तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
वैशाख ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।
आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।