काठमाडौं, ३ बेसाख । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले व्यतीत बीमालेख पुनर्जागरण वा नवीकरणमा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको जनाएको छ ।
२०८० चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरुमा वैशाख ३ गतेदेखि जेठ २५ गतेभित्र नवीकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस्तै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक पटक ब्याज छुट लिई सकेका बीमितहरुले भने पुनः ब्याज छुट पाउने छैनन् ।