काठमाडौं, ३ बैसाख । यस वर्षको कारोबारको सुरुको दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो दिन पनि दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ को विन्दुमा बन्द भएको छ ।
सोमबार ७२ लाख २३ हजार ७७३ कित्ता शेयर ५० हजार ५ सय २४ पटक किनबेच हुँदा कुल २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । आज ३ सय १४ धितोपत्रको कारोबार हुँदा १८४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५२ धितोपत्रको मूल्य बढेकोे छ भने ८ धितोपत्रको मूल्य स्थिर छ ।
कारोबार भएका १३ समूहको उपसूचक नै घटेको छ । सोमबार सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १ दशमलव ६४ प्रतिशतले घटेको छ । उत्पादनमुलक समूहको १.५९, हाइड्रोपावरको ०.९६, होटल्स एन्ड टुरिजमको १.१५, बैंकिङ समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको ०.५५, लघुवित्तको ०.५०, निर्जीवन बीमाको ०.४९, व्यापार समूहको ०.३८, जीवन बीमाको ०.३३, लगानी समूहको ०.३०, म्युचुअल फन्डको ०.६ र अन्य समूहको उपसूचक १ दशमलव ३८ प्रतिशतले घटेको छ ।
सोमबार ८.५ ५ माछापुच्छे डिवेन्चर २०८७ को शेयर मूल्य ७ दशमलव ०९ प्रतिशतले बढेको छ । त्यस्तै मेंछियम हाइड्रोपावर लिमिटेडको ७.०५, मिड सोलू हाइड्रोपावरको ५.९३, सृजनशिल लघुवित्त वित्तीय संस्थाको ४.६१ र मानुषी लघुवित्त वित्तीय संस्थाको ४ दशमलव ४७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज गुराँस लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै खानीखोला हाइड्रोपवावरको ७.४३, निफ्रा उर्जा ऋण पत्र ७ ५ २०८५÷८६ को ७.११, माण्डु हाइड्रोपावरको ६.०१, सिंगटी हाइड्रो इनर्जीको ५.९७ र बोटलर्स नेपाल (बालाजु) लिमटेडको ५ दशमलव ८८ प्रतिशतले शेयर मुल्य घटेको छ ।