काठमाडौं, ४ बैसाख । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । खतिवडा गत चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नियुक्त भएका हुन् ।
एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
यस्तै सदस्यमा भने माओवादी कोटाबाट पुनः सुवास अधिकारीलाई नै नियुक्त भएका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।