काठमाडौं, ४ बैसाख । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाएको छ । यही वैशाखमा गरिएको परिपत्रमा केन्द्रीय सदस्य, स्ववियु सभापति एवं विभिन्न इकाई सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक–एक जना केन्द्रीय प्रतिनिधि तोकिएको हो ।
अनलाइन फारममार्फत प्रतिनिधि जान चाहेको पालिका छनोट गर्न परिपत्र जारी गरिएको थियो । यस्तै वैशाख ४ अर्थात आज केन्द्रीय प्रतिनिधिसँग जुममार्फत अन्तर्क्रिरया गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
संघीय संरचनाअनुरूप ७५३ वटै पालिकाका विद्यालयहरूको शैक्षिक अवस्थाको अनुगमन, अध्ययन अनुसन्धान गरी सम्बन्धित स्थानीय सरकारलाई वैशाख ६ गते सुझाव र माग समेटेर ज्ञापनपत्र बुझाउने नेविसंघको तयारी छ ।