काठमडौं, ४ बैसाख । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेका छन् । दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकमा पार्टी एकताका लागि दुवैतर्फको संगठनात्मक स्थितिबारे आपसमा जानकारी गराइएको थियो ।
उक्त बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरू महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो । त्यस्तै नेसपाको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले गत चैत्र ३ मा पार्टी एकता गर्ने सहमति गरेका थिए । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरिएको थियो ।