काठमाडौं, ५ बैसाख । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)मा महाप्रबन्धक माग गरेको छ । बुधबार सूचना जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो ।
उक्त पदका लागि योग्य नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा भनिएको छ ।
यस्तै भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव बेचबिखन, लागु औषध कारोबारलगायत कसुरमा सजाय पाएको व्यक्ति नियुक्तिका लागि अयोग्य मानिने सूचनामा उल्लेख छ ।