काठमाडौं, ६ चैत । पोखरामा बिहीबार बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ नागरिक घाइते भएका छन् ।
पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा १प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते नागरिकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।