काठमाडौं, ६ बैसाख । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को लागि लाभांश नदिने घोषणा गरेको छ । संस्थाको वैशाख ५ गते बसेकोे सञ्चालक समितिको बैठकले आव २०७९÷८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
संस्थाले आव २०७८÷७९ का लागि पनि लाभांश दिएको थिएन ।