काठमाडौं, ६ बैसाख । राष्ट्रियसभा सदस्यमा डा.अन्जान शाक्य मनोनीत भएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।
शाक्य नेकपा एमालेको विदेशविभाग सचिव थिइन् । यसअघि उनी ओली सरकारका पालामा इजरायलका लागि राजदूतसमेत बनेकी थिइन् ।