काठमाडौं, ६ बैसाख । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले घटेर १९ सय ५६ दशमलव १४ को विन्दुमा बन्द भएको छ ।
बिहिबार ५३ लाख ४४ हजार ४१३ कित्ता शेयर ४० हजार ९१२ पटक किनबेच हुँदा कुल २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँको कारोबार भएको छ । आज ३ सय १५ धितोपत्रको कारोबार हुँदा २११ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै २७ धितोपत्रको मूल्य घटेकोे छ भने ६ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ वटै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक १ दशमलव ७२ प्रतिशतले घटेको छ । उत्पादनमुलक समूहको १.५४, विकास बैंकको १.४६ व्यापार समूहको १.१७, हाइड्रोपावरको १.१६, होटल्स एन्ड टुरिजमको उपसूचक १.०४ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमाको ०.८७, फाइनान्स र लगानी समूहको ०.८५, जीवन बीमाको ०.५१, बैंकिङको ०.४८, म्युचुअल फन्डको ०.२२ र अन्य समूहको उपसूचक ०.८५ प्रतिशतले घटेको छ ।
बिहिबार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ७ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै पोखरा फाइनान्सको ६.२१, एनआइसी एसिया ग्रोथ फन्ड–२ को ५.७१, मध्य भोटेकोशी जनलिविद्युतको ५.७०, पीपुल्स पावरको ५.७० र जोशी हाइड्रोपावर डिभलप्मेन्ट कम्पनीको ४ दशमलव ५१ प््रतिशतले बढेको छ ।
आज रुरु जलबिद्युत आयोजनाको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै गोर्खाज फाइनान्स लिमिटडको ९.३९, सिलि बैंक डिबेन्चर २०८८ को ८ं८९, सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.१२, १०.७५ % एसबिएल डिबेन्चर २०८९ को ५.८४, र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६० प्रतिशतले शेयर मूल्य घटेको छ ।