काठमाडौं, ७ बैसाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको हमासको आक्रमणपछि इजरायलमा बेपत्ता रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका थिए ।
सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।