काठमाडौं, एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको हो ।
नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो यस्तै गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे ।
कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए । अली नासिरको बाउन्सर बलमा उनी विकेट किपरबाट क्याच आउट भएका थिए । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।