काठमाडौं, १२ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेर १९ सय ६९ दशमलव १७ को विन्दुमा बन्द भएको छ ।
बुधबार ७२ लाख ८४ हजार २७२ कित्ता शेयर ३६ हजार ४८३ पटक किनबेच हुँदा कुल २ अर्ब ५३ करोड ६४ लाख ३१ ह्जार ९९८ रुपैयाँको कारोबार भएको छ । आज ३१३ धितोपत्रको कारोबार हुँदा ११७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११३ धितोपत्रको मूल्य बढेकोे छ भने १५ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घटेको छ भने तिन वटा समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको उपसूचक २ दशमलव ४४ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमुलक समूहको ०.७५ र बैंकिङ समूहको उपसूचक ०.२१ प्रतिशतले बटेको छ ।
आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक ० दशमलव ४४ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमाको ०.४३, जीवन बीमाको ०.४०, लगानी समूहको ०.२८, हाइड्रोपावरको ०.२०, विकास बैंकको ०.१३, म्युचुअल फन्ड तथा व्यापार समूहको समान ०.१२, लघुवित्तको ०.०५ र अन्य समूहको उपसूचक ०.९ प्रतिशतले घटेको छ ।
बुधबार पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गँुरास लघुवित्त वित्तीय संस्थाको ९.९२, सपोर्ट माइक्रोफाइनान्सको लघुवित्त वित्तीय संस्थाको ७.५५, नेपाल फाइनान्स लिमिटेडको ५.७६, एनआरएन इन्फ्रटेक्चर एन्ड डिभलपमेन्टको ५.५३, नारायनी डिमलपमेन्टको ४.४४, मल्टिपर्पाेज फाइनान्स लिमिटेडको ४.१५ प्रतिशतले बढेको छ ।
आज माई खोला हाइड्रोपावरको शेयर मल्य ७ दशमलव ८४ प्रतिशतले घटेको छ । यस्तै नविन डिवेन्चर २०८५ को ३.९६, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.८४, लक्ष्मी उन्नती कोषको ३.६५ र रिभर्स फल्स पावर लिमिटेडको ३.३९ प्रतिशते घटेको छ ।