काठमाडौं, १२ वैशाख । काठमाडौंस्थित स्वप्न बगैँचा (ड्रिम गार्डेन) परिसरको भवनमा केशर क्याफे सञ्चालन गरिरहेको द द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट प्रालिले भाडा नतिरेको भन्दै स्वप्न बगैँचा विकास समितिले पाँचदिने सूचना प्रकाशित गरेको छ ।
पटकपटक भाडा तिर्न पत्राचार गरे पनि भाडा नतिरेको भन्दै विकास समितिले अन्तिमपटकका लागि सूचना प्रकाशित गरेको हो । समितिका अनुसार ९५ लाख ५९ हजार रुपैयाँ भाडा तिरेको छैन ।
समिति सो रिसोर्टबीच २०७२ माघ १० मा केशर क्याफे सञ्चालनका लागि सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार तिर्नुपर्ने भाडा सो रिसोर्टले तिरेको छैन ।