काठमाडौं, १७ वैशाख । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदको लागी संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा अन्य सर्वसाधरण तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ ।
इच्छुक संस्थापकले सूचना प्रकासित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रिय कार्यालय, तिनधारा, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।