काठमाडौं, १७ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर १९ सय ८० दशमलव ३४ को विन्दुमा बन्द भएको छ ।
सोमबार ७२ लाख ४१ हजार १७७ कित्ता शेयर ५६ हजार ५ सय ११ पटक किनबेच हुँदा कुल २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँको कारोबार भएको छ । आज ३१७ धितोपत्रको कारोबार हुँदा १२८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९९ धितोपत्रको मूल्य बढेकोे छ भने १७ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घटेको छ भने चार वटा समूहको उपसूचक बढेको छ । आज फाइनान्स समूहको उपसूचकमा सर्वाधिक वृद्धि भएको छ । सोमबार फाइनान्स समूहको उपसूचक ४ दशमलव १७ प्रतिशतले बढेको छ । यस्तै विकास बैंकको १.६६, म्युचुअल फन्डको ०.३८ र बैंक समूहको उपसूचक ०.२९ प्रतिशतले घटेको छ ।
आज होटल एन्ड टुरिजम समूहको उपसूचक ०.६० प्रतिशतले घटेको छ । त्यस्तै निर्जिवन बीमाको ०.५१, हाइड्रोपावरको ०.५०, व्यापार समूहको ०.४५, जीवन बीमाको ०.२५, उत्पादनमुलक समूहको ०.०६, लगानी समूहको ०.०१ र अन्य समूको उपसूचक ०.८२ प्रतिशतले घटेको छ ।
सोमबार पोखरा फाइनान्स लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस्तै नेपाल फाइनान्सको ९.९८, गुँरास लघुवित्त वित्तीय संस्थाको ७.६१, सप्तकोशी डिभलपमेन्ट बैंकको ६.९९, माण्डु हाइड्रोपारको ६.१७, ११ प्रसेन्ट महालक्ष्मी डिबेन्चर २०८९ को ६.१२ र सिन्धु विकास बैंकको ५.४८ प्रतिशतले शेयर मुल्य बढेको छ ।
ऋाज पीपुल्स पावर लिमिटेडको शेयर मूल्य ६ प्रतिशतले घटेको छ । यस्तै इस्ट्रन हाइड्रोपारको ३.८१, मेँछियम हाइड्रोपावरको ३.२१, चिख्र्वा हाइड्रोपावरको ३.११ र नेको इन्स्योरेन्सको २.९५ प्रतिशतले शेयर मूल्य घटेको छ ।