काठमाडौं, २७ वैशाख । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ६३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ६३ अङ्कले बढेर १९ सय ६६ दशमलव २३ को विन्दुमा बन्द भएको छ ।
बिहिबार ७० लाख ५८ हजार ३९९ कित्ता शेयर ४९ हजार ३३२ पटक किनबेच हुँदा कुल ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँको कारोबार भएको छ । आज ३१३ धितोपत्रको कारोबार भएको छ । जसमध्ये ११५ धितोपत्रको मूल्य बढ्दा समान ११५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १४ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ३ वटा उपसमूह बाहेक अन्य सबै समूहको उपसूचक बढेको छ । बिहिबार सबैभन्दा बढी होटल एन्ड टुरिजमको उपसूचक ६ दशमलव ९६ प्रतिशतले बढेको छ । यस्तै विकास बैंकको ०.७९, फाइनान्सको ०.६६, बैंकिङ् समूहको ०.४६, हाइड्रोपावरको ०.२१, लगानी समूहको ०.२३, म्गुचुअल फन्डको ०.१८, निर्जीवन बीमाको ०.१५, व्यापार समूहको ०.०७ र अन्य समूहको उपसूचक ०.०१ प्रतिशतले बढेको छ ।
आज लगानी समूहको उपसूचक ० दशमलव ९० प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमाको ०.४४ र उत्पादनमुलक समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ ।
बिहिबार सबैभन्दा बढी ओरिएन्टल होटल्स लिमिटेडको शेयर मूल्य ८ दशमलव ४६ प्रतिशतले बढेको छ । त्यस्तै सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारा गाउँ रिजेन्सी होटलको ६.५६, नेपाल बैंक लिमिटेडको ५.९१ र नारायणी डिभलपमेन्ट बैंकको ५.९१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज कुमारी सबल योजनाको शेयर मूल्य ८ दशमलव ४८ प्रतिशतले घटेको छ । त्यस्तै सबैको लघुवित्त वित्तीय संस्थाको ४.७६, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.२५, साधना लघुवित्त वित्तीय संस्थाको ४.२१ र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ४ दशमलव ०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।