काठमाडौं, ७ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव २७ दशमलव ५४ अङ्कले बढेर २ हजार ९२ को विन्दुमा बन्द भएको छ ।
सोमबार १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९ सय ८२ पटक किनबेच हुँदा कुल ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।
आज ३१५ धितोपत्रको कारोबार हुँदा १३४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०७ धितोपत्रको मूल्य घटेकोे छ भने ५ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढेको छ भने ५ वटा समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार सोमबार बैंकिङ समूहको उपसूचकमा सर्वाधिक वृद्धि भएको छ । आज बैंकिङ समूहको उपसूचक ४ दशमलव १८ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको २ दशमलव २३, लगानी समूहको १.८४, हाइड्रोपावरको १.३८, म्युचुअल फन्डको १.२४, होटल एन्ड टुरिजमको ०.३९, विकास बैंक समूहको ०.४२ र अन्य समूहको उपसूचक ०.५२ प्रतिशतले बढेको छ ।
आज लघुवित्त समूहको उपसूचक ०.६५ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्स समूहको ०.५७, उत्पादनमुलक समूहको ०.५२, निर्जीवन बीमाको ०.५० र जीवन बीमा समूहको उपसूचक ०.०८ प्रतिशतले घटेको छ ।
सोमबार तीन कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेक लागेको छ। आज सामुदायिक लभुवित्त वित्तीय संस्था, बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बाराही हाइड्रोपावरको ९.०९, एनआइसी एसिया बैंक लिमिटेडको ९.०६, माइखोला हाइड्रोपावरको ८.२१, छ्याङ्दी हाइड्रोपावरको ७.३५, एन.एम.बी. ५० को ७.१८ र विन्ध्यावासिनी हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको ६ दशमलव ९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सोमबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.४० प्रतिशतले घटेको छ । त्यस्तै सृजनसिल लघुवित्त वित्तीय संस्थाको ६.३५, मनकामना स्मार्ट लघुवित्तको ५.७९, युनिक नेपाल लघुवित्त नारायणी डिभलपमेन्ट बैंकको समान ५.६६, मिथिला लघुवित्त वित्तीय संस्थाको ४.४२, गँुरास लघुवित्त वित्तीय संस्थाको ४.३५ र जलपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.११ प्रतिशतले शेयर मूल्य घटेको छ ।