काठमाडौं, १३ जेठ । साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर २१ सय ९ दशमलव ३४ को विन्दुमा बन्द भएको छ ।
आज १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक किनबेच हुँदा कुल ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँको कारोबार भएको छ । आज ३१५ धितोपत्रको कारोबार हुँदा २१५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २० धितोपत्रको मूल्य बढेकोे छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल्स एन्ड टुरिजम र म्युचुअल फन्डको बाहेक सबै समूहको उपसूचक घटेको छ । आज कारोबार भएको समूहको उपसूचकमध्ये सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको १.७८, हाइड्रोपावरको १.६२, लगानी समूहको १.४०, व्यापार समूहको १.२३, विकास बैंकको १.१६, निर्जीवन बीमाको १.०१, बैंकिङ समूहको ०.८७, उत्पादनमुलक समूहको ०.८६, जीवन बीमाको ०.८० र अन्य समूहको उपसूचक ०.८९ प्रतिशतले घटेको छ ।
आज होटल्स एन्ड टुरिजम समूहको उपसूचक ३ दशमलव ३७ प्रतिशतले बढेको छ भने र म्युचुअल फन्ड समूहको उपसूचक ०.२१ प्रतिशतले बढेको छ ।
आइतबार कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिटी होटल लिमिटेडको ८.२४, सनराइज ब्लूचिप फन्डको ८.०९, बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीको ७.३०, बाराही हाइड्रोपावरको ६.६८, कालिका लघुवित्तको ५.८१ र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ५.७१ प््रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी इन्फीनिटी लघुवित्त वित्तीय संस्थाको ६.३६ प्रतिशतले शेयर मुल्य घटेको छ । त्यस्तै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.३५, भगवती हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको ५.८८, गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६९, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फइनान्सको ५.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।