काठमाडौं, १४ जेठ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ९३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ९३ अङ्कले बढेर २१ सय १३ दशमलव २७ को विन्दुमा बन्द भएको छ ।
आज ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४ सय ८३ पटक किनबेच हुँदा कुल ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँको कारोबार भएको छ । आज ३१७ धितोपत्रको कारोबार हुँदा १४९ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९० धितोपत्रको मूल्य घटेकोे छ भने ८वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा उपसमूहको सूचक बढ्दा तिन उपसमूहको सूचक घटेको छ । सोमबार लगानी समूहको उपसूचक सबैभन्दा बढी १ दशमलव ८० प्रतिशतल बढेको छ । त्यस्तै फाइनान्स समूहको १.४१, उत्पादनमुलक समूहको ०.७८, विकास बैंकको ०.६३, म्युचुवल फन्डको ०.४९, लघुवित्तको ०.४३, जीवन बीमाको ०.४०, हाइड्रोपावरको ०.२५, व्यापार समूहको ०.२२ र अन्य समूहको उपसूचक ०.६४ प्रतिशतले बढेको छ ।
आज बैंकिङ समूहको उपसूचक ०.७४, होटल एन्ड टुरिजमको ०.४९ र निर्जीवन बीमाको उपसूचक ०.२२ प्रतिशतले घटेको छ ।
सोमबार कृषि कम्पनी लिमिटेड र नेपाल वेरहाउजिङ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको ९.७९, पोखरा फाइनान्स लिमिटेडको ८.४०, ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१ को ८.१३, नेपाल रिपब्लिक मिडिया मिडियाको ६.०९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत र कुमारी सबल योजनाको ५.८६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै १०.२५ ५ नेपाल एसबिआई बैंक डिबेन्चर २०८३ को ३.४१, सिकलेस हाइड्रोपावरको ३.१७, प्रभु सेलेक्ट फन्डको ३.११, उपकार लघुवित्त वित्तीय संस्थाको २.९५ प्रतिशतले शेयर मूल्य घटेको छ ।