काठमाडौं, ५ असार । चालू आर्थिक वर्षमा नेपालमा १ लाख १३ लाख मेट्रिक टनभन्दा बढी खाद्यान्न उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार चालू आवमा कुल १ करोड १३ लाख ८१ हजार ६३० मेट्रिक टन खाद्यान्न उत्पादन हुने अनुमान गरिएको हो ।
मन्त्रालयका अनुसार प्रमुख खाद्यबाली धान, मकै, गहुँ, जौ, कोदो र फापर उक्त परिमाणमा उत्पादन हुने प्रक्षेपण गरिएको हो । चालू आवमा कुल ३३ लाख ९६ हजार ३४० हेक्टरमा खाद्यान्न बाली लगाइएको छ, जसको उत्पादकत्व प्रतिहेक्टर ३.३४ मेट्रिक टन रहेको छ ।