काठमाडौं, २१ भदौ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् ।
यसअघि सुनिल पौडेल प्रबन्ध निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो । तर, सरकारले उनलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो ।
भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी पहाडीले यस क्षेत्रमा करिव ३ दशक लामो अनुभव सम्हालिसकेकी छन् । ।