काठमाडौं, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पौडेलले सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोही समारोहमा पौडेलले सिग्देललाई पद तथा गोपनीयताको शपथ पनि गराएका थिए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । सिग्देललाई राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई आजबाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।
सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरूप गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि समाप्त भई आजदेखि अनिवार्य अवकाश पाएका छन् ।