काठमाडौं, २४ भदौ । उद्योग व्यवसायमा संचालनको क्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH)सम्बन्त्री तोकिएको मापदण्ड पालना नगर्दा बर्षेनी ठुलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले मापदण्ड तयार गर्नुका साथै उद्योग व्यवसायसंग सम्बन्धित विभिन्न संघ संस्था र ट्रेड युनियन अभियानसंग जोडिएका संघ संस्थाको सहयोगमा सचेतना फैलाउनुका साथै सचेतनाको क्रममा तालीम र गोष्ठी पनि आयोजना गर्दै आई रहेको छ ।
यही क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बीचमा सन् २०१९ मा आपसी समझदारी (MOU) भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH ) सम्बन्धी कार्यहरु अघि बढि रहेका छन् । कार्यक्रम अघि बढाउने क्रममा झण्डै १५०० जनालाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH ) सम्बन्धी तालीम प्रदान गरिएको छ भने उक्त तालीम दिन अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरु पनि तयार गरिएको छ।
यसै गरी यस सम्बन्धी सचेतननको लागि विभिन्न प्रकाशनहरु तयार गरी सम्बन्धित उद्योगीहरुलाई वितरण गरिएको छ । यसै बीच उद्योगी व्यवसायीहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health- OSH) सम्बन्धी सचेतनाको क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त तत्वावधानमा २०८१ भाद्र २३ गते आइतबार ललितपुरमा एक पदयात्रा कार्यक्रम आयोजना गरिएको थियो
बागमती प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा शुभारम्भ भएको पदयात्रामा नेपाल हस्तकला महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यले पदयात्रामा सहभागी हुने सबैलाई स्वागत गर्दै व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH) को आवश्यकता महत्व बारेका प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान संस्कृति पर्यटन तथा सहकारी मन्त्री श्री शैलेन्द्रमान बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक श्री शरद विक्रम राणाले आ-आफ्नो विचार व्यक्त गरे ।
पदयात्रा ललितपुरको पाटनढोकाबाट प्रारम्भ भई ललितपुर महानगरपालिकाका विभिन्न टोल हुँदै साढे चार किलोमिटर यात्रा गरी ललितपुर महानगरपालिकाको पुल्चोकमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यबाट धन्यवाद ज्ञापना गरी समापन भएको थियो ।