अस्मिता सापकोटा
काठमाडौं, ६ असोज । हामीमध्ये धेरैको जीवनमा यति धेरै हतार छ कि आफूलाई मन पर्ने क्रियाकलाप गर्न समेत फुर्सत मिलिरहेको हँुदैन । कार्यालयको जागिरेले बिहान ९ बजेदेखि बेलुकी ५ बज्दा पनि छुट्टी पाउँदैन । अझ भनौँ कतिपयले त छुट्टीको दिन पनि छुट्टि छ भनेर आरामले बस्न पाउँदैनौैं । कार्यालयबाट बचेखुचेको अलिकति समय पनि सरसफाइ, खानपान र परिवारमै खर्च हुन्छ । हामीमध्ये धेरैको ताजा अवस्था यही हो । कार्यालयकै काम व्यस्ततामा भुलेर हामीले आफ्नो रुचि, इच्छा, चाहनालाई मारिरहेका हुन्छांै ।
व्यस्तताकै बीच हामी आफूले आफैलाई भुलिरहेका छौं । कार्यालय बाहेक पनि सामाजिक सञ्जाललाई दिनुपर्ने समयले हामीलाई अन्य कार्यको लागि समय व्यवस्थापन गर्न झनै गाह्रो बनाइदिएको छ । सामाजिक सञ्जाल प्रयोगको आवश्यकता वा अभ्यस्तता यस्तो भइसकेको छ कि एक दिनभरि नचलाई बस्न असम्भव जस्तो भइसकेको छ ।
यस्तोमा आफ्ना लागि समय छुट्याउन पनि हम्मेहम्मे पर्ने अवस्था छ । आज हामी व्यस्तताबीच पनि आफ्नो रुचि अनुसार समयलाई कसरी सदुपयोग गर्ने भन्नेबारे चर्चा गर्छौं ।
१. जति सक्दो धेरै पढ्ने
पढाइ ज्ञानको स्रोत हो । जति पढ्यो त्यति नै सोच्ने क्षमता फराकिलो हँुदै जान्छ । कार्यालयमा खाना÷खाजा खाएर बचेको समय साथीभाइसँग गफ गरेर बिताउनु भन्दा पढ्दा समयको सदुपयोग हुन्छ । साथै पढ्दा धेरै विषयको बारेमा जानकारी पनि मिल्छ ।
२. रुचि लागेको काम गर्ने
सामाजिक सञ्जालमा बरालिने समय आफ्नो रुचिको काममा लगाउँदा मस्तिष्क ताजा हुनुका साथै आफूमा आँट र हौसला समेत बढ्छ । यसले आयआर्जनको नयाँ ढोका समेत उघारिदिन सक्छ । यसैगरी रुचिको काम गर्नले सिर्जनात्मक क्षमता पनि बढ्छ ।
३. शारीरिक क्रियाकलाप गर्ने
बिहान, बेलुका समय निकालेर व्यायाम तथा अन्य शारीरिक क्रियाकलाप गर्दा शरीर फुर्तिलो हुनुका साथै मस्तिष्क पनि तेज हुन्छ । यसले रातमा आरामसँग निद्रा पार्नुका साथै मानसिक तनाब कम गर्न पनि सहयोग पु¥याउँछ ।
४. घुम्ने
छुट्टीको समय घरमै बसेर बिताउनु भन्दा कहीँ नजिकै अथवा कुनै मनोरम ठाउँमा घुम्न जाँदा नयाँ कुरा सिकिनुका साथै मस्तिष्क पनि ताजा हुन्छ । घुम्दा नयाँ परिवेशबारे बुझिन्छ । साथै यसले मानिसमा नयाँ ऊर्जा पनि थपिदिन्छ ।
५. नयाँ भाषा सिक्ने
अन्य भाषा, संस्कृति, परिवेशमा रुचि राख्ने मानिसका लागि नयाँ भाषाको सिकाइ मनोरञ्जनका साथै ज्ञान आर्जनको स्रोत समेत बन्न सक्छ । जति धेरै भाषा जान्यो, मस्तिष्क त्यति धेरै तेज हुन्छ भन्ने मान्यता पनि छ । साथै यस्तो सिकाइले दिमागलाई चलायमान राखिराख्न समेत मद्दत गर्छ ।
६. परिवारसँग समय बिताउने
फुर्सदको समय सदुपयोगको राम्रो उपाय हो आफ्नो परिवारसँग समय बिताउनु । परिवारलाई समय दिँदा परिवारका सदस्यबीचको सम्बन्ध प्रगाढ हुन्छ । यसरी नै परिवारका सदस्यबीचको दुरी कम गरेर परिवारबीच मेलमिलाप बढाउँछ ।
७. मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने
मनोरञ्जन जीवनका लागि अपरिहार्य छ । त्यसैले समाजमा गीतसंगीत, नाटक, नत्य, फिल्म, हास्यव्यंग्य जस्ता विभिन्न विधाका मनोरञ्जनात्मक सामग्रीहरु अनगिन्ती छन् । आफूलाई मन पर्ने विधाका सामग्रीहरु सुन्ने, हेर्ने गर्नाले दिनभरिको तनावलाई कम गर्न मद्दत गर्छ ।
(एजेन्सीको सहयोगमा)