काठमाडौं, ९ असोज । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७०० ले बढेर १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि असोज ८ गते (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जुन बुधबार नै तोडिएको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ९१५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।