काठमाडौं, १० असोज । यस साताको पाँचौ दिन पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो, जुन बिहीबार नै तोडिएको छ । सुनको मूल्यले दैनिक रेकर्ड राख्दै आएको छ । यस साताको सुरुवातदेख नै रेकर्ड बनाउँदै आइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।