काठमाडौं, १० असोज । नेपालीहरुको प्रमूख ठूला चाड नजिकै आइसकेको छ । चाडबाड नजिकिदा समेत रोजगारीको खोजीमा विदेश जानेको सङ्ख्यामा भने कमी आएको छैन ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को भदौमा मात्रै ५९ हजार ५ सय ७५ जनाले वैदेशीक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएका छन्, जुन गत आवको भदौको तुलनामा १७ दशमलव ०८ प्रतिशतले बढी हो । गत आवको दोस्रो महिनामा वैदेशिक रोजगारीका लागि ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार साउन र भदौमा गरि कुल १ लाख १७ हजार ८६ जना रोजगारीको खोजीमा विदेश गइसकेका छन्, जसमध्ये १ लाख २ हजार २०० पुरुष र १४ हजार ८८६ महिला रहेका छन् ।
यस वर्षको गत साउनमा ५९ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए ।
चालू आवको भदौमा विदेशिनेमध्ये ५० हजार ७७० पुरुष रहेका छन्, जुन गत आवको भदौको तुलनामा १४ दशमलव ८७ प्रतिशतले बढी हो । गत आवको भदौमा मात्र ४४ हजार १९७ ले श्रम स्वीकृति लिएका थिए ।
यस्तै चालू आवको भदौमा ६ हजार ७२३ महिलाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् गत आवको सोही महिनामा ६ हजार ६८७ महिला श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
साढे ३९ हजारले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार चालू आवको भदौमा नयाँ श्रम स्वीकृति लिएर ३९ हजार ५५७ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये पुरुष र महिला क्रमशः ३४ हजार ५१८ र ५ हजार ३९ जना छन् ।
यस्तै संस्थागततर्फ बाट २६ हजार ३४६ पुरुष र ३ हजार १८२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । भदौमा व्यक्तिगततर्फ बाट पुरुष र महिला क्रमशः ७ हजार २८० र १ हजार ७४६ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फ बाट पुनः श्रम स्वीकृति लिएर १७ हजार ९३६ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत १ हजार ३ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।
सबैभन्दा धेरै युएईको लागि श्रम स्वीकृति
भदौमा रोजगारीका लािग सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई)का लागि श्रम स्वीकृति लिएका छन् । सो महिनामा १८ हजार ६०५जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् ।
दोस्रो स्थानमा भने कतार जान श्रम स्वीकृति लिने नेपालीको संख्या धरै छ । भदौमा रोजगारीका लािग कतार जान ११ हजार दुई सय ९१ ले श्रम स्वीकृति लिएका छन् ।
यस्तै साउदी अरबको लागि १० हजार ८३५, कुवेतको लागि ४ हजार २१५, रोमानियाको लागि १ हजार ८८८, जापानको लागि १ हजार ४५६, मलेसियाको लागि १ हजार १९३ र कोरियामको लािग १ हजार १०६ जना नेपाली नेपाली श्रम स्वीकृति लिएर विदेश गएका छन् । भदौमा यी मुलुकसहित ९५ मुलुकमा नेपाली कामदारलाई रोजगारीका लागि जान श्रम स्वीकृति दिइएको विभागले जनाएको छ ।