काठमाडौं, १५ असोज । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन १ सय रुप्रयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको थियो । गत हप्ता शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँ कारोबार भएको सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । त्यसयता लगातार सुनको भाउ घटिरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।