काठमाडौं, १५ असोज । सरकारले होटल एभरेस्ट र बुटिक होटल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेपछि कारबाही गरेको हो ।
बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको विभागका महानिर्देशक राजन पौडेलले बताए ।
दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।