काठमाडौं, २० असोज । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।