काठमाडौं, २२ असोज । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।
यस दिनका सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
गत शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसयता भने सुनको मूल्य घटिरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९८० रहेको चाँदी आज १ हजार ९४० रुपैयाँमा झरेको छ ।