काठमाडौं, ३० असोज । नेपाली बजारमा यस साताको कारोबारको दोस्रो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि असोज १८ गते प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
आज सुनको मूल्य अघिल्लो दिन (मंगलबार)को तुलनामा प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९५० कायम भएको छ ।