काठमाडौं, ३० असोज । नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार विहान ३ बजे चितवनस्थित निवासमा निधन भएको हो ।
नेकपा मालेको स्थायी कमिटीका परामर्श सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।
उनको बुधबार नै अन्त्येष्टि गरिएको माले केन्द्रीय सदस्य परशुराम लामिछानेले जानकारी दिए ।
उनका अनुसार शोक सभामा माले महासचिव सीपी मैनालीका साथै विभिन्न दलका नेता कार्यकर्ता उपस्थित थिए ।
श्रेष्ठका एक छोरा र एक छोरी छन् ।