काठमाडौं, ४ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार एक सूचना जारी गर्दै बिहान पौने १द्द बजेदेखि निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म लागू हुने जनाएको छ । प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधाज्ञा घोषित क्षेत्रमा ५ जनाभन्दा बढी भेला भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनको सूचनामा उल्लेख छ ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।