काठमाडौं, ४ कार्तिक । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ ।
बोर्डका अनुसार परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।
परीक्षा दिएकामध्य दुई जनाको परीक्षाफल रद्द भएको र तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।
परीक्षाको नतिजा प्राप्त गर्न राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट वा नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न बोर्डले सुझाएको छ ।