काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा तत्काल विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारले प्राधिकरणलाई १५ दिनभित्र ट्रंकरडेडिकेटेड विवाद भएका उद्योगमा टाइम अफ द डे (टिओडी) मिटर उपलब्ध गराएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । उक्त समयावधि आज सकिनै लाग्दा सञ्चालक समितिको बैठकले तत्काललाई लाइन नकाट्ने निर्णय गरेको हो ।
कात्तिक २५ को मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पालामा गठन गरिएको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन कार्यान्वयन निर्णय गर्दै सार्वजनिक गर्नुका साथै उद्योगीलाई टिओडी मिटर बुझाउन र सोहीअनुसार रकम उठाउन सुझाएको थियो ।
सोहीअनुसार ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले कात्तिक २६ मा प्राधिकरणलाई मन्त्रिपरिषद् निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको थियो । उक्त पत्रको आधारमा प्राधिकरणले कात्तिक ८ गतेदेखि काटिएका उद्योगमा लाइन जोडेको थियो ।