काठमाडौं, १४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल र जापानबिच रहिआएको द्पिक्षीय सम्बन्ध, आवसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
साथै राष्ट्रपति पौडेलले राजदूत युताकालाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।
यस्तै, राष्ट्रपतिसँग नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के. पाथिरानाले पनि शिष्टाचार बिदाइ भेट गरेका छन् ।
भेटमा नेपाल र श्रीलङ्काका रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ ।
राष्ट्रपतिले राजदूत पाथिरानालाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।