काठमाडौं, २३ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर १४ पैसा महँगिएको छ । यो वृद्धिसँगै शुक्रबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा र खरिददर मूल्य १३४ रुपैयाँ ७० पैसा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।
त्यस्तै युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले शुक्रबारका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा र सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा कायम भएको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।