काठमाडौं, २७ कार्तिक । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा शीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिन लागिएको महासङ्घले जनाएको छ ।
महासंघका अनुसार मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा हुने मेला काठमाडौंको बौद्धस्थित होटेल हायात ग्राउन्डमा आयोजना गरिने भएको छ । मेलामा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको छाता संगठनहरु, बैंक तथा वित्तिय संस्था, वायुसेवा कम्पनीहरु, वीमा कम्पनीहरु, ठूला औद्योगिक व्यापारिक तथा प्रतिष्ठानहरु र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरुको पनि सहयोग रहने छ ।
मेलामा हस्तकलाका वस्तुहरूको करीब १५० ओटा स्टलहरू रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ताको रूपमा भारत, चीन, पाकिस्तान, बङ्गलादेशका व्यापारीहरूको समेत सहभागिता रहने बताइएको छ । मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने छ ।
ब्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने छन् । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति ९ल्त्क्ष्क्० कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका ब्यक्तिलाई निशुल्क स्टल प्रदान गरिने छ ।
मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत परम्परागत विधा तर्फ लोपोन्मुख अवस्थामा रहेको “बुट्टेनली” रसमसामयिक विधा तर्फ “गलैंचा बुनाई” मा प्रतियोगिता हुनेछ । सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ ।
साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ, जसमा प्रथम पुरस्कार रु.पचास हजार, द्वितीय पुरस्कार रु.तीस हजार तृतीय पुरस्कार रु.बीस हजार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र लगायत पदक प्रदान गरिने छ ।
साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।
मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले कला प्रदर्शनी २०८१ आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिएको छ ।
ब्यापार मेलाका उद्देश्यहरु:
नेपाली हस्तकला वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने ।
- नेपाली उद्यमी, व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पु¥याउने ।
- नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्ने ।
- हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने ।
- विदेशी क्रेताहरुलाई हस्तकला वस्तुहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने ।
- आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पु¥याउने ।
- नेपालमा एउटै मितिमा (अबभिलमबच भखभलत)को रुपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश स्वदेही, विदेशी क्रेता तथा स्वदेशी खरिदकर्ताहरुमा प्रवाह गर्ने ।
ब्यापार मेलाका आकर्षणहरु:
- एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री
- १९औं हस्तकला प्रतियोगिता
- परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी
- अर्मूत साँस्कृतिक सम्पदा (ICH)को उजागर
- क्रेता विक्रेता भेला
- समसामयिक विषयमा गोष्ठी तथा सेमिनार
- जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान
- कला प्रदर्शनी
- अग्रणी निर्यातकर्ताहरु र कार्गो कम्पनीहरुलाई सम्मान
- Exhibitors Profile तथा मेला स्मारिका प्रकाशन
- Trend Display 2025-26